रबि पोख्रेल।,सन्धिखर्क।
पौष २९ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीबुलेटिन द्वारा आयोजित प्रथम खुल्ला क्रिकेट बुलेटिन कपको तेस्रो दिनको चौंथो खेलमा वाङ्ग्ला क्रिकेट क्लबले डिभर्ना "बि" क्रिकेट क्लबलाइ ५ विकेटले पराजित गरेको छ।
पौष २७ गते सोमबार देखि शुरु भएको भएको बुलेटिन कपको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका छन्।
प्रतियोगताको तेस्रो दिनको चौंथो खेल वाङ्ग्ला क्रिकेट क्लब र डिभर्ना "बि" क्रिकेट क्लब बीच भएको थियो।
वाङ्ग्ला क्रिकेट क्लबलेले पहिलो ब्याटिंग गर्दै डिभर्ना "बि" क्रिकेट क्लबलाइ जितको लागि ६७ रनको तार्गेट दिएको थियो। डिभर्ना "बि" क्रिकेट क्लबले ६७ रनको लक्ष्य लाइ पछ्याउँदै दोश्रो ब्याटिंगका लागि मैदानमा उत्रीएको उक्त टिमले मात्र ४१ रन बनाएको थियो।
खेलमा उत्कृष्ट हुने रिषभ रायमाझी खेलाडीलाइ युवा व्यवसायी योगेन्द्र चौहानले मेडल प्रदान गरेका थिए।
उनले आफ्नो टिमको तर्फ बाट २६ रन बनाउँदै २ विकेट लिएका थिए।
तपाईको प्रतिक्रिया