रबि पोख्रेल,सन्धिखर्क।
पौष २९ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीबुलेटिन द्वारा आयोजित प्रथम खुल्ला क्रिकेट बुलेटिन कपको तेस्रो दिनको पाचौँ खेलमा आयोजक टिमले यूनाइटेड क्रिकेट क्लब अर्घालाइ पराजित गरेको छ।
पौष २७ गते सोमबार देखि शुरु भएको भएको बुलेटिन कपको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका छन्।
प्रतियोगताको तेस्रो दिनको पाचौं खेल यूनाइटेड क्रिकेट क्लब अर्घा र अर्घाखाँचीबुलेटिन क्लब बीच भएको थियो।
अर्घाखाँचीबुलेटिनले पहिलो ब्याटिंग गर्दै यूनाइटेड क्रिकेट क्लब लाइ जितको लागि ११२ रनको तार्गेट दिएको थियो। यूनाइटेड क्रिकेट क्लब ११२ रनको लक्ष्य लाइ पछ्याउँदै दोश्रो ब्याटिंगका लागि मैदानमा उत्रीएको उक्त टिमले १० ओभरमा ६ विकेट गुमाउँदै ६६ रन बनाएको थियो।
खेलमा उत्कृष्ट हुने दिनेश पुरी खेलाडीलाइ सन्धिखर्क समाजसेवी पुस्कर पौडेलले मेडल प्रदान गरेका थिए।
उनले आफ्नो टिमको तर्फबाट ४ विकेट लिएका थिए।
तपाईको प्रतिक्रिया