मनोज सापकोटा ,सन्धिखर्क।
पौष २९,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीबुलेटिन द्वारा आयोजित प्रथम खुल्ला क्रिकेट बुलेटिन कपको तेस्रो दिनको छैठौँ खेलमा वाङ्ग्ला क्रिकेट क्लबले फलामखिली क्लबलाइ ७ विकेटले पराजित गरेको छ।
पौष २७ गते सोमबार देखि शुरु भएको भएको बुलेटिन कपको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका छन्।
प्रतियोगताको तेस्रो दिनको छैठौँ खेल वाङ्ग्ला क्रिकेट क्लब र फलामखिली क्लबबीच भएको थियो।
फलामखिलीले पहिलो ब्याटिंग गर्दै वाङ्ग्ला क्रिकेट क्लब लाइ जितको लागि ६८ रनको तार्गेट दिएको थियो। वाङ्ग्ल क्रिकेट क्लबले ६८ रनको लक्ष्य लाइ पछ्याउँदै दोश्रो ब्याटिंगका लागि मैदानमा उत्रीएको उक्त टिमले ९ ओभर २ बलमा आफ्ना ३ विकेट गुमाउँदै जित हासिल गरेको हो।
खेलमा उत्कृष्ट हुने मोहन श्रेष्ठ खेलाडीलाइ मेडल प्रदान गरिएको थियो।
उनले आफ्नो टिमको तर्फबाट ३ विकेट लिएका थिए।
भोलि अर्थात माघ १ गते मकर सक्रान्तिको दिन सेमीफाइन ल र फाइनल खेल हुनेछ। प्रतियोगिताको चौथों दिन (अन्तिम दिन ) पहिलो सेमीफाइनल खेल आयोजक टिम र रोयल आपँखोला बीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल वाङ्ग्ला क्रिकेट क्लब र सृजनशिल क्रिकेट क्लब अर्घाको बीच हुने छ।
खेल दिउँसो १२ बजे हुने जानकारी गराउँदछौँ।
तपाईको प्रतिक्रिया