Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मकवानपूरकी ४२ वर्षिय सरिता थिङको कुवेतमा मृ'त्यु

   
206   पटक पढिएको

खुम रायामाझी,कुवेत।कुवेतमा महिला कामदारको रुपमा कार्यरत काँकडा-१ चुरियामाइ,मकवानपुर घर भएकी ४२ वर्षिय सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ ।

ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातलमा भर्ना भएकी उनको १० जनवरी २०२१ का दिन मृत्‍यु भएको हो।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालका अनुसार सरिता थिङ ”ग्यास्ट्रिक बिग्रिएर अल्सर भैसकेकी र आदान अस्पातलमा उपचारको क्रममा मृत्‍यु भएको बताउँनु भएको छ।

मृतक सरिताको कुवेतमा रेकर्ड हेर्दा उनी बिरुद्द २ बर्ष अघी घरबाट भागेको(भगौडा) मुद्धा रहेको देखिन्छ।उनी अवैधानिक रुपमा लुकेर काम गर्दै आएको र भारतीय बाटो हुँदै कुवेत प्रवेश गरेको देखिन्छ।

मृतकको परिवार सँग सम्पर्क भएको र शव पठाउँने सन्दर्भमा कानुनी प्रर्किया पनि शुरु गरिएको छ तर सरिता थिङ स्पोन्सरबाट भागेको र श्रम नगरी आएका कारण शव नेपाल सम्म पुर्याउन लाग्ने खर्च मृतकको परिवार वा सहयोगीहरुको सहयोगमा मात्र सम्भव हुनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया