Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित मोडल कृष्ण सापकोटाको "नशा" बोलको गित बजारमा सार्वजनिक (भिडियो सहित )

   
233   पटक पढिएको

कमला घिमिरे,पाणिनी। अर्घाखाँचीमा जन्मिएका गायक सर्जक तथा मोडेल पछिल्लो समयमा धेरै दर्शक श्रोताको मन जित्दै चर्चा कमाउदै अगाडि बढेका उनै कृष्ण सापकोटाको नशा बोलको गित सार्वजनिक भएको छ ।

कृष्ण सापकोटाको स्वर तथा कार्की जी को र्‍याप रहेको गीतमा सुरेश रानाको शब्द रहेको छ भने गितमा लय कमल गुरुङको रहेको छ।

पछिल्लो समयका निकै चर्चित मोडलहरु कृष्ण सापकोटा , बिमल अधिकारी , एलिना रायमाझी र रुपा लामाको अभिनय रहेको गीतको भिडियोलाई दिपक गिरिले छायांकन तथा नवीन घर्ती मगरले सम्पादन गरेका छन भने भिडियो कृष्ण सापकोटाको निर्देशनमा तयार पारिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया