कमला थापा ,सन्धिखर्क।
माघ ६ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमाल प्रसाद भुसाललाइ कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय बाट हुने सम्पूर्ण सेवा प्रवाहहरु १२ गते सम्मका लागि बन्द रहने पालिकाले एक सुचना जायर गरि जानकारी दिएको छ।
नगरपालिकाका पदाधिकारी एवं कर्मचारीहरुमा कोभिड - १९ देखिएको र कार्यालय खुला राख्दा थप संक्रमण हुन् सक्ने अवस्थालाइ दृष्टिगत राख्दै आज बसेको वैठकले गरेको नगर स्तरीय निर्णय अनुसार माघ १० गते सम्म कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह बन्द रहने नगरपालिकाले जानकारी गराएको छ।
सन्धिखर्क नगरपालिका अर्घाखाँची का प्रमुख नेपाली काङ्ग्रेस का बरिष्ठ नेता कमल प्रसाद भुसाल कोरोना संक्रमित हुनु भएको छ।
बिगत केही दिन देखि स्वास्थ्य मा समस्या देखिएपछि कोरोना चेक गर्दा उहाको कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल का प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनु भयो ।
जनताको सेवामा अनबरत रुपमा खट्ने भुसाल परिवारमा कोरोना पोजेटिभ देखिएको हो। उहाँको pCR रिपोर्ट सातौँ दिनका दिन पोजेटिभ देखिएको थियोे। भुसालको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँको सचिबालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया