सन्धिखर्क।
माघ ६ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा पाथ्राबांगका चर्चित सारंगी बाधक गायक बेलबहादुर गन्धर्वको निधन भएको छ।
सारंगी बाधक बेलबहादुर अर्घा पाथ्राबाङ्ग निवासी कृष्ण बहादुर गन्धर्व र आमा पम्फी गन्धर्वको कोख बाट २०१२ साल फाल्गुन ११ गते जन्म लिएका थिए।
"धार्मिक,ऐतिहासिक र सास्कृतिक पक्षले भरीपुर्ण बहुमुखी प्रतिभाका खानी अर्घाखाँची जिल्लाकै नम्बर १ कलाकार "बेल बहादुर गन्धर्वको हिँजो माघ ०५ गते भएको असामयिक निधनले सम्पूर्ण अर्घा वासीलाइ अत्यन्तै स्तब्ध बनाएको छ।
दिबङत बेलबहादुर प्रती हार्दिक श्रद्धासुमन,शोकाकुल परिबारजनहरु प्रती अर्घाखाँची बुलेटिन परिवार गहिरो समबेदना प्रकट गर्दै,उहाँले साङितिक तथा लोक गायन क्षेत्रमा स्थानीय तथा राष्ट्रिय रुपमा पुर्याएको योगदानमा आधारित श्रब्य डकुमेन्ट्री केही दिनमा अर्घाखाँचीका सबै एफ.एम.स्टेशन बाट प्रसारण हुने गरि शिक्षक बलराम रायमाझीले तयारी अवस्थामा राखेको जानकारी दिनुभएको छ।
तपाईको प्रतिक्रिया