Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पाणिनि गाउँपालिका अर्घाखाँची को दशौँ गाउँसभा सम्पन्न

   
133   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
माघ ५ ,अर्घाखाँचीबुलेटिन - पाणिनि गाउँपालिका अर्घाखाँची को दसौं गाउँसभा बजेट समायोजन केहि महत्त्वपूर्ण योजना सम्सोधन प्रस्ताब केहि कानुनी बिधयेक प्रस्ताब पेश भएका गरि सम्पन्न भएको छ ।

गत असारको बजेटमा २ करोड ९ हजार ५ सय आयमा कमि देखिएकाले बजेट समायोजन गर्नु परेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिनु भयो ।गाउपालिका ले खरको छानो बिस्थापन,एक घर एक धारोको कार्यक्रम,बोयर बाख्रा स्रोत केन्द्र निर्माण,दुध उत्पाकलाइ अनुदान,सुन्तला खेति उन्नत आलु उत्पादन नगदे बाली जस्ता कृषि कार्यक्रममा अनुदान कार्यक्रम दिने गरेको निर्यणको सबैले प्रसम्शा गरेका छन ।

पशु पालनमा पालिका देश कै उत्कृष्ट भएकोमा सबैले खुशि ब्यक्त गरेका छन । २ बटा एम्बुलेन्स सन्चालनबाट गाउबासिलाइ पुगेको सेवाबाट सभा सदस्यहरुले सन्तुष्टि ब्यक्त गरेका थिए । ८ लाखसम्मका बिकास निर्माणका काम उपभोक्ता समितिबाट गर्न सकिने, बैक खाता गाउँमै गएर खोलिदिने र उपभोक्ता समितिबाट हुने काममा धेरै सरलीकरण गरिएको र फाइल प्राप्त भएको ७ दिनभित्र भुक्तानी गर्ने पालिकाको नितिले स्थानीय हर्षित छन ।

स्वास्थ्य क्षेत्र को रिक्त दरबन्दि पदपुर्ति हुने काम भैरहेको गाउँपालिका का प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिनु भयो । केन्द्रीय कानुनको दायरामा सामाजिक बिकासका कामलाइ प्राथमिकता दिने,बिपत ब्यबस्थालाइ जिल्ला प्रशासन र केन्द्रको मापदन्ड अनुसार गर्ने र शिक्षक दरबन्दि समायोजन तुरुन्त गर्ने आदि जस्ता धेरै प्रस्ताब गाउसभामा पेस भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया