Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

महेश बस्नेतलाई ब्यङ्यात्मक पत्र

   
196   पटक पढिएको

श्री,
पुर्ब माननिय,
बस्नेत महेश ज्यु ।

बिषय - भर्ती खुलेको बारे

महोदया,
उपरोक्त सम्बन्धमा,

हिँजो ब्यान भा'ता बेल थाँ पाएँ - साईबर सेनामा भर्ती खुल्यो रैच ।
एकछिन सुन्दै हाँसो लाओ- हाँसे । तर जब हजुर बोल्दै गरेको युट्युबमा घोरिएर हेरेँ, जिबनमा आशा पलायो । सुन्नपर्नी एक एक शब्द दोर्याइ तेर्याई सुने ।
भनम न मेरा त हड्डि हाँसे ।

भन्नओ रैच -
"अब सरकारको बिजेत अर्नी जो कोहिलाई साईबर सेनाले तह लाउँच । ढाड भाँच्च । गाउँगाउँबाट लखेट्च ।
त्यसका लागी साईबर सेना चाहिन्छ, हामी बनाउँछौँ ।"

हो बस्न्यात ज्यु, लखेट्नै पर्च । साईबर सेना त एक बनाउनु पर्च, दुई बनाउन पर्च ।

अब ज जसले केपीका कुरा काट्चन्, तिन्लाई ठुन्क्याउनु पर्च ।
पढाउनी मास्टर, गाउँका ब्यापारी, अर्का पार्टिका समर्थक- कसिला छोड्नै हुन्न ।
अनी समाज परिबर्तन गरौँ भन्नेहरु हुन्छन् नी, भुराभुरी क्या - तिनका लेँणिक्रङ्ग भाँच्न पर्च ।

यार,
रास्ट्रीय 'बा'- केपी बा'लाई हेप्नी ।
यो त हुँदैहुन्न ।

यसैले,
५ फुट ७ इन्च अग्लो म, खाली पेट जोख्दा ७० पुगेको छु । उमेर तिन बिस पुगेपनी, देख्दा २५ को केटो देखिने म लुरेलाराको भिडमा ज्याङ्गो नै देखिन्छु ।

अहिले सम्म कसैलाई पिट्न नसकेको तर परि आउँदा पिटाई खान सक्ने म, भिड देखाउनको लागी निकै उपयोगी हुनसक्छु ।

यसैले महोदए,
यो बेला हजुरले भनेजस्तै साईबर सेना बन्न पाए- हिँजोका माओबादिले जस्तै खुब कमाउन हुन्तो ।
को आफ्ना को पराई, फाइदा भए सबैला ठोक्न हुन्तो । तपाईले जे भन्नुन्च,
भाटा, भाला, खुकुरी , झन्डा बोक्न हुन्तो ।

फेरी तपाईलाई हामी नेपाली युवाको इतिहाँस थाहै छ । चुनाबमा रौशि र मासुमा बिक्ने हामीहरु कुनै एक पार्टिमा लामो समय टिक्दैनौ ।
हुलदङ्गा हामीलाई खुब मन पर्च । हामी घन्टौ सम्म भट्टिमा बसेर फाल्टु गफ गरेर समय कटाउन सक्छौँ ।
यसैले हामी मध्यको , म र मेरो क्षमतामाथी प्रश्न नगरियोस् ।

त-
लौन छोँटे राजा,
मलाई नियुक्ती दि बक्सियोस् । मिल्छ भने सुरक्षाको ग्यारेन्टि गरि- भुमिगत कार्यमा खटाईबक्स्योस ।
म हजुरको हजुरी भएर खुब लागिपर्नेछु ।

मलाई थाहा छ,
हजुरले म माथी सङ्खा गरिसिन्छ । सोँचिसेला- कतै यो युवामा इमान छ की ! नैतिकता छ की !
जिबनमा बाँच्नका लागी आफ्नै सिद्धान्त बनाएको छ की !
पार्टि भन्दा माथी छ की !
गलतलाई गलत र सहिलाई सहि भन्ने ल्याकत पो राख्छ की !

अहँ साहेब- म मा यि कुनै लक्षण छैनन् । यि सबै कुरा नेपाली युवाले त्यागिसके । अब त बस चाप्लुसी बाँकी रह्यो । हजुर जस्ता दुई जिब्रेहरुको पाउ मोल्न पाए अरु केही चाहिएन ।

अरु बिषयमा त हामी लुते कुकुरजस्ता हौँ हजुर ।

तपाई,
असुराहरुको राज्यमा बिचरो मैले रिशिमुनिका कुरा भो गर्दैगर्न्या छैन ।
चिन्ता नगरिकन- मलाई काखि च्यापिसियो ।

हजुरबाट बिन्ती भए,
भोलीबाटै ओलिको बोलिलाई गोलि जसरी गाउँ गाउँ पुर्याउन्या छु ।

बस महोदए -
गाउँका सोझासाझालाई मैले दिन्या दुःख, उनिहरुबाट सहयोगको नाममा उठाउन्या चन्दा, मैले खान्या रौशिको बिषयमा हजुरका कानले सुन्न पाउन्या छैन । आँखाले देख्न पाउन्या छैन ।
गाउँका छोरि बुहारी सप्पै मेरा हुन्या छन् । यि बिषय गुपचुप रहन्या छ ।

त,
उल्लेखित कुरा उपर दृस्टिगोचर गरिकन- मलाई निकै छिटो साईबर सेनामा भर्तिगरिस्योस् ।
- प्रकाश दाइ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया