Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

स्कुलहरुमा कोभिड नियन्त्रण अभियान

   
115   पटक पढिएको

अर्जुन थापा कपिलवस्तु
माघ ७, अर्घाखाँचीबुलेटिन । कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा बिद्यालय सुचारु हुंदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु संचालन गरिएको छ । कपिलबस्तुका दक्षिणी क्षेत्रका बिद्यालयहरुमा बिशेष गरि गरिब, असहाय, दलित, मुस्लिम समुदायका बिद्यार्थीहरुलाई मास्क बितरण गरिएको हो

अभियानकै क्रममा मंगलबार कपिलबस्तु नगरपालिका वडा नम्बर २, बर्दहवा स्थित श्री गौतमबुद्ध प्राथमिक बिद्यालयमा लक्षित बालबालिकालाई ५ सय थान मास्क बितरण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मुक्तार अहमद खांको अध्यक्षता, बिद्यालयका प्रधानाध्यापक सुजाता सुवालको संचालनमा भएको कार्यक्रममा उक्त सामग्री बितरण गरिएको हो । लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अन्र्तगत उक्त मास्क बिद्यालयमा हस्तान्तरण गरिएको थियो ।
जोखिमकै बिचमा बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको स्वास्थ्य संकट झन् बढ्दै जाने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले बिद्यालयमा कोभिड नियन्त्रण सामग्री बितरण गरिएको कार्यक्रमका संयोजक ज्ञवालीले बताउनुभएको छ । उहाले अन्य बिद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री बितरण गरिने अभियान जारी रहने समेत जानकारी दिनुभयो ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष खांले बिद्यालयमा नियमित सहयोग उपलब्ध गराइएको प्रति कार्यक्रम आयोजकलाई आभार प्रकट गर्नुभयो । शिक्षा र समाजसेवाप्रतिको लगाव आयोजकपक्षको अझै बढ्दै जानुपर्नेमा समेत उहाले आग्रह गर्नु भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया