Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कस्तुरीको प्रेम उनको राजालाई

   
216   पटक पढिएको

प्रिय राजा....

चिसो चिसो यो मौसममा मुटुभरिको न्यानो माया अनि मीठो सम्झना

आज february 14 Valentine's Day अर्थात प्रेम दिवस रहेछ यसो भनौं माया गर्ने हर मानिसको हर जोडीको दिन रहेछ। प्रत्येक वर्ष यहीँ दिनमा तिम्रो कल्पनामा निथ्रुक्क डुबेर म एउटा प्रेमपत्र कोर्ने गर्थे आजपनि यहीँ दिनमा तिम्रो लागि प्रेमका शब्दहरु बटुल्ने प्रयास गर्दैछु हुन त मनको माया देखाउनलाई लाई प्रेमदिवस कुर्नुपर्ने त होइन तर यसरी पत्र कोरिरहदा कल्पनामै मन तिम्रो समीप फन्को मारिरहेको आभास मैले गरेको हुन्छु।

आजको दिनमा को कता कता छ मलाई थाहा छैन तर म कोठामा बसेर मनमा भरिएका शब्दहरु तिमीलाई पोख्दै छु।ल्यापटपमा सानो आवाजमा गीत बजिरहेछ "देखेर तिमीलाई हेरेर तिमीलाई मनैमनमा माया तीन पाते भैदियो"....????

मधुर बोली, छोटा छोटा मिलाइएका दारी,पातलो ज्यान,मसिना आखिभौं, चुच्चो नाक, मिलाइएको कालो कपाल अनि त्यो हाँसो यस्तो लाग्छ तिमीलाई नै हेरिरहु तिमीसंग नै बोलिरहु! मेरो मनलाई सजिलैसँग पढ्न सक्ने खुबी मैले तिमीमा भरपुर देखेको छु। म बाहिर हाँसो हाँस्दा तिमी एउटै छौ जसले म खुसी हुनुको कारण कुन दुःख हो भनेर सोध्छौ। मन अलमल परेर कुनै निर्णय गर्न नसक्दा तिमी एउटै छौ जसले भविष्य सम्मको बाटो देखेका हुन्छौं। मेरो खुबीहरु मलाई भन्दा बढी तिमीलाई थाहा हुन्छ कहिल्यै काहिँ तिमीलाई सम्झिदा आफैं अचम्म पर्छु कि कसरी मलाई मैले भन्दा बढी यसले चिन्यो... अनि मनले सुटुक्क जवाफ पठाउछ यसलाई साँचो माया भन्छन् पागल......????

साधारण जिन्दगी बाचिरहेको मलाई तिम्रो प्रवेशले केही गर्ने हौसला दियो म भित्रको मलाई चिनाउनुमा तिम्रो ठूलो हात छ, खास देखिने गरि त केही गरेको छैन जीवनमा तर विगतमा भन्दा केही भिन्नता आफुमा महसुस गरेको छु मैले आजको दिनमा पनि तिमीबाट टाढा हुदा मनले नरमाइलो मानिरहेको छ तर फेरि सोच्छु तिमी साथ हुदा 365 दिन त प्रेम दिवस छ फेरि आज किन निराश हुनु केही समय पछि त सदाको लागि उसकै समीप पुग्नै छ।

तिम्रो कल्पनामा डुबिरहदा youtube ले गीत परिवर्तन गरिदियो "किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै"...
साच्चिकै मेरै लागि गीतहरु बजिरहेको जस्तो लागिरहेछ।आजभोलिका मानिसहरु निकै नै स्वार्थी हुँदै गएका छन् उनीहरुले भनेजस्तो हामी बनिदिदासम्म मात्र साथ दिन्छन् नत्र त वर्षौं चिनजान भएकाहरु पनि क्षणभरमै अन्जान बनिदिन्छन् यस्तो अवस्थामा एक तिमी छौ जो जति रिसाए झगडा गरे भने झन् झन् नजिक आउछौ, म रिसाउदा फकाउछौ, रुदा अनेक कुरा गरेर हसाउछौं लाग्छ भगवान् ले तिमीलाई मेरै लागि पठाएको हो तब त हरक्षण हरपल हरसमय तिमीलाई आफ्नै समीप भएको आभास पाउछु। दुरीगत हिसाबले सयौं किलोमिटर टाढा छौ तर मनले तिमीलाई मेरै साथमा महसुस गरिरहेको छ।

तिम्रो जति नै बोलेपनि जति नै लेखेपनि कम नै लाग्छ तर पनि लेख्ने लुससाहस गरेर मेरो मायालाई न्याय गरेको छैन थाहा छ तर पनि माया पोख्ने प्रयास गरे अब यसलाई अन्त्य तिर लग्दै छु...

प्रेम देख्नलाई यो शब्द दुईवटा अक्षरले बनेको हुन्छ तर यसमा भाव गहिरो लुकेको हुने रहेछ प्रेम मात्र यस्तो चिज रहेछ जसले पागललाई सज्जन बनाउछ भने सज्जनलाई पागल बनाउन समय नलाउने रहेछ, प्रेमले बच्चालाई बूढो त बूढो बच्चा पनि बनाउने रहेछ????

उहीँ तिम्रो मायाको पुजारी
मेलिना सिंह ठकुरी 'कस्तुरी'
सन्धिखर्क अर्घाखाँची

गतवर्ष जस्तै यो वर्षपनि कल्पनामै सिमित यो प्रेमपत्र
आगामी दिनमा मनको राजा भेटाउछु कि भन्ने थोरै आस छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया