Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुनको भाउ तोलामा ११ सय रुपैयाँले घट्यो

   
302   पटक पढिएको

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनाको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो ।

मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको चाँदीको भाउ बुधबार १ हजार ३ सय ४० रुपैयाँमा झरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया