Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सरकारले भारतबाट किनेको १० लाख डोज कोभिशिल्ड खोप काठमाडौँ आइपुग्यो

   
82   पटक पढिएको

काठमाडौं । सरकारले भारतसँग खरिद गरेको 'कोभिसिल्ड' खोपको १० लाख डोज आइतबार काठमाडौँ आइपुगेको छ । सीरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमतिअनुसार पहिलो चरणमा १० लाख डोज आज काठमाडौँ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले १० लाख डोज ल्याइएको बताए । दिल्लीबाट एयर इण्डियाको जहाजबाट उक्त खोप काठमाडौं ल्याइएको हो । बाँकी १० लाख डोज पनि छिट्टै आइपुग्ने बताइएको छ ।

खोप ल्याएपछि स्वास्थ्य विभाग, टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ ।

सरकारले फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत ५५ बर्षभन्दा माथिका उमेर समुहलाई खोप लगाउने तयारी गरेको छ ।

यसअघि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिडसिल्ड खोप माघ १४ गतेबाट लगाउन थालिएको हो । सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ ।

यसैगरी चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत प्रयोगको अनुमति दिइसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया