Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विप्लव समूहका नेता बाँस्तोला सर्वोच्च परिसरबाट फेरि पक्राउ

   
80   पटक पढिएको

काठमाण्डौ। सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई पुन: पक्राउ गरेको छ ।

प्रहरीले सोमबार बाँस्तोलालाई सर्वोच्च परिसरबाट पक्राउ गरेको हो । उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनलाई आजै काभ्रे पठाउने तयारी भएको छ ।

सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया