Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क ४ मा युवाहरुका लागि २ महिने कम्प्युटर तालिम शुरु

   
73   पटक पढिएको

प्रेमनारायण आचार्य, सन्धिखर्क।
१० फागुन - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ४ वांगलामा २ महिने कम्प्युटर तालिम आज देखि शुरु भएको छ ।

कम्प्युटर शिक्षा आजको आबश्यक्ता भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिका वडा नम्वर ४ ले युवाहरुका लागि २ महिने कम्प्युटर तालिमको आयोजना गरेको हो ।

तालिमको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकले उद्धाटन गर्नु भएको छ । तालिमको उद्धाटन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख बिकले आजको युग कम्प्युटरको युग भएको बताउनु भएको छ । उहाँले बर्तमान समयमा युवाहरुका लागि क्म्प्युटर शिक्षा अनिवार्य र समयको आबश्यक्ता भएको बताउनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, कार्यपालिका सदस्य मानवहादुर सुनार, वडा सदस्य उमानन्द अधिकारी, हुमलाल श्रेष्ठ, नेपाली कांग्रेसका नगर सभापति विनोद आचार्य, क्षेत्रीय प्रतिनिधि कमल भट्टराई, जिवनोद्धार माविका प्रधनाध्यापक नमबहादु्र सिंह, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम दिपक बन्जाडेको अध्यक्षता र दिपक अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया