Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क नगरपालिका वडा नम्वर ५ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

   
97   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
फागुन १० ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका वडा नम्वर ५ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वडा भित्र रहेका बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।

न्यानो कपडा बितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार विकले ज्येष्ठ नागरिकहरु समाजको पथ प्रदर्शक भएको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिककको सम्मान सबैले गर्नु पर्ने बताउनु भएको छ ।

वडा अध्यक्ष राजेन्द्र भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य पदमा भुसाल, वडा सदस्य सावित्रा बिक, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया