Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रतिगमन बिरुद्ध अर्घाखाँचीको ढाकावाङ्गमा युवक संघको मसाल जुलुस

   
106   पटक पढिएको

टेकराज भुसाल
फागुन १० अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा मा आज साँझ मसाल जुलुस निकालिएको छ । राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीले आयोजना गरेको मसाल जुलुसमा सयौं युवाहरुले सहभागिता जनाएका थिए ।

जुलुसमा संघीयताको खारेज गर , संसद पुनर्स्थापना गर ,प्रतिगमन मुर्दावाद,असंवैधानिक कदम खारेज गर, mcc खारेज गर, भ्रष्टाचारको अन्त्य गर, बलात्कारीलाई कार्वाही गर, अखिल नेपाल युवक संघ जिन्दवाद जस्ता नाराहरु लगाइएको थियो।

ढाकावाङ्ग हाट बजार देखि सुरु भएको मसाल जुलुस पिपलनेटा बजारमा पुगेर कोणसभामा परिणत गरिएको थियो । सो सभामा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष कुलराज खनालले सम्बोधन गर्दै संसद विघटन बदनियतपूर्वक गरिएको भन्दै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले संविधानको चिरहरण गर्दै गरिएको यो कार्य पुर्णतया असंवैधानिक भएको भन्दै कानुनी राज्यको खिल्ली उडाएकोमा आपती प्रकट गर्दै असंवैधानिक कदम र प्रतिगमनका बिरुद्ध सम्पूर्ण युवाहरु एक हुनुपर्ने बताउनु भयाे।

कार्यक्रम अखिल नेपाल युवक संघका जिल्ला सचिव ठाकुर पन्थीकाे सञ्चालन सम्पन्न भएको थियाे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया