गोकर्ण पाण्डे/गुल्मी। नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आयोजनामा आयोजित अगुवा कार्यकर्ता भेला तम्घासकाे इन्द्रेणी पाटी प्यालेसमा सम्पन्न भएको छ।
अगुवा कार्यकर्ता भेला लाई सम्बाेधन गर्दै परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली ले पार्टीको अहिलेकाे अबस्थामा आउँन नदिन र आफुसहितका थुप्रै नेता हरु लागेको बताउनु भयाे।
प्रदिप कुमार ज्ञवाली ले विप्लव पनि बार्तामा मा आउँन तयार रहेकाे पनि बताउनु भयाे।र हामी हरु बार्तामा लाउन तयार रहेकाे पनि बताउनु भयाे।
आजकाे अगुवा कार्यकर्ता भेलामा शुभकामना मन्तवय राख्दै मेयर डिल्लीराज भुषाल ले सबै मिलेर अगाडि बढ्ने बताउनु भयाे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ले गुल्मीबाट चुनाव जित्नकाे लागि पुरानै बाटोमा फर्किनु पर्ने सम्बाेधन गर्दा बताए। मुख्यमन्त्री पाेखरेल ले चुनाव आउँन ६७ दिन मात्र बाँकी भएका ले सबै कार्यकर्तालाई तयारीमा लाग्न आग्रह गरे।
अगुवा कार्यकर्ता भेला काे दिन अन्य पार्टी परित्याग गरि १५ जना नेपाल कम्युनिस्ट पार्टी नेकपा मा प्रवेश गरेका थिए।र तिनी हरु लाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेपाल सरकार का परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली ले स्वागत गरेका थिए।
अगुवा कार्यकर्ता भेला मा विभिन्न ठाँउ बाट कार्यक्रता हरु उल्लेखेनिय मात्र मा आएका थिए।
तपाईको प्रतिक्रिया