हैदरावाद। भारतको हैदरावादमा टिपरको ठक्करबाट नेपाली दम्पतीको मृत्यु भएको छ।
स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र मीनादेवी भण्डारीको मृत्यु भएको हो।
आइतबार राति ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट बन्द गरी घर फर्कने क्रममा टीएस०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थियो।
गत नौ वर्षदेखि चाइनिज फास्टफुड चलाउँदै आएका निजका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र सुमन मण्डारी नौ वर्षका रहेका छन्।
दुर्घटना गराउने टिपर र चालकलाई पक्राउ गरिएको छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृतकका परिवारलाई क्षतिपुर्ती दिलाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको मूल प्रवाहले जनाएको छ।स्रोत - नेपाल खबर
तपाईको प्रतिक्रिया