Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको शितगंगामा दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना गर्दै ट्राफिक प्रहरी

   
88   पटक पढिएको

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको ठाडाको कोप्चेबास, नरपानीमा प्रहरीको दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतनामुलक प्रशिक्षण दिएको छ । सवारी दुर्घटना न्युनिकरण गरी सहज र सुरक्षिता सवारी आवागमन गराउने उदेश्यका साथ ट्राफिक सचेतनामुलक प्रशिक्षण दिएको हाे ।

आज शितगंगा नगरपालिका ४ ठाडाको कोप्चेबास स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा संचालन गरिएकाे थियाे । अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट खटिएको ट्राफिक चेकिङ टोलिले चालक सह चालक, यात्रु, तथा सर्बसाधरणलाइ सन्धिखर्क ६ नरपानी स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको चेकिङ टोलिले सवारी साधनमा यात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरु, सडकमा हिड्दा अपनाउनु पर्ने सावधानी, सवारी साधनको यान्त्रिक अवस्थाको बारेमा जानकारी ग्रामिण भेगमा सवारी दुर्घटना हुनुको कारण सम्बन्धि ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो ।

सोही अवसरमा ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत वितरण गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया