Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतमा कुखुराको भालेले लियो आफ्नै मालिकको ज्या'न: भालेलाई प्रहरी कार्यालय लगियो

   
608   पटक पढिएको

एजेन्सी, १६ फागुन। भारतको तेलङ्गाना राज्यमा एक कुखुराको भालेले आफ्नै मालिकको ज्यान लिएको छ ।कुखुराको भालेको जुधाइ (खेल) को क्रममा मालिकको ज्यान गएको हो ।

कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा बाँधिएको चक्कुले लाग्दा मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले मालिकलाई लागेको थियो । उक्त् घटनापछि प्रहरीले भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको जनाइएको छ । उक्त खेल तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो ।

भाग्न लागेको कुखुराको भालेलाई मालिकले समात्ने कोसिस गर्दा पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो चाकुले लाग्दा मालिक घाइते भएका थिए ।

बीबीसीका अनुसार ती मालिकको मृत्यु भएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया