Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

फोर्टिन स्टार कप २०७७ को पहिलो चरणका खेलहरु आज समपन्न

   
109   पटक पढिएको

गोकर्ण पाण्डे,गुल्मी
चैत्र ४, अर्घाखाँचीबुलेटिन :- फोर्टिन स्टार कप २०७७ को पहिलो चरणका खेलहरु आज समपन्न भएका छन।आज दोस्रो दिनको पहिलो खेल अर्जै माद्यामिक बिधालय अर्जै गुल्मी र अर्जुन इङलिस बोर्डिङ स्कुल तम्घास बिच भएको थियो जसमा अर्जुन बोर्डिङ लाई ३-१ ले पराजित गर्दै अर्जै माध्यमिक बिधालयल क्वाटर फाइनलमा प्रवेश गरेको छ साथै अर्जै माविका छात्र सुनिल परियार 'पेलेअर अफ द म्याच' भएका छन भने आजै भएको दोस्रो खेल आदर्श बिधा आश्रम तम्घास र रिडि माध्यमिक बिधालय रिडि गुल्मी बिच भएको थियो जसमा आदर्श बिधा आश्रमलाई २-१ ले पराजित गर्दै रिडि माध्यमिक बिधालय रिडि गुल्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ साथै रिडि माध्यमिक बिधालयका छात्र कृष्ण गौतम' पेलेअर अप द म्याच' भएका छन।

र आजै भएको तेस्रो खेल गण्डकी इङलिस बोर्डिङ स्कुल तम्घास र बिर्लेन्ट युनाइटेड एकेडेमी तम्घास बिच भएको थियो जसमा बिर्लेन्ट युनाइटेड एकेडेमी लाई २-० ले पछी पार्दै गण्डकी इङलिस बोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ।साथै गण्डकी इङलिस बोर्डिङ स्कुलका छात्र सुबास कार्की पेलेअर अफ द म्याच भएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया