Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अब निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने

   
108   पटक पढिएको

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) आवद्ध विद्यालयले अबदेखि मासिक कुल आयको ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने भएको छ ।

आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नको लागि छुट्टै जगेडा कोषको निर्माण गर्न र मासिक कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गर्नुपर्ने नेसनल प्याब्सनले आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको छ । चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाहौं बैठकले गरेको निर्णय अनुसार आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको हो ।

नेसनल प्याब्सनले पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण उत्पन्न परिस्थितिमा विद्यालयको आवश्यकता अनुसार केन्द्रीय समितिले सहयोग गर्ने जनाएको छ ।

विद्यालयले शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट प्रभावकारी ढङ्गले व्यवस्थापन र सञ्चालनका लागि केन्द्रले सहयोग गर्ने अध्यक्ष ऋतुराज सापकोटाले बताए ।source- online khabar

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया