Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

८ महिनामा प्रत्येक नेपालीको टा'उ'को'मा ५ हजार रुपैयाँ ऋण थपियो

   
91   पटक पढिएको

 काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ । काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

यसआधारमा हेर्दा चालु आवको पहिलो ८ महिनामा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ भएको छ । यो ऋणलाई प्रत्येक नेपालीको टाउकोमा भाग लगाउँदा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थप भएको हो । नेपालको जनसंख्या ३ करोड मान्दा यसअवधिमा प्रत्येक नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको हो । वर्तमान सरकार आएसँगै आर्थिक स्रोतको महत्वपूर्ण माध्यमका रुपमा सार्वजनिक ऋण परिचालन भएको देखिएको छ।
१५ खर्ब ७३ अर्ब रुपैयाँ सार्वजनिक ऋणअर्थ मन्त्रालयको तथ्यांक अनुसार २०७७ असार मसान्तसम्म खुद तिर्न सार्वजनिक ऋण १४ खर्ब १९ अर्ब ८८ करोड रहेको थियो । चालु आवको ८ महिनाको अवधिमा १ खर्ब ५३ अर्ब ऋण थपिएसँगै अब नेपालको खुद सार्वजनिक ऋण भने १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यो ऋणलाई जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रतिव्यक्ति ऋण ५२ हजार ४ सय ५२ रुपैयाँ पुगेको छ । सरकारले असार मसान्तसम्म आन्तरिक ऋण ६ खर्ब १३ अर्ब ७४ करोड लिएकोमा चालु आवको ८ महिनामा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ ऋण लिएको छ ।

८ महिनामा आन्तरिक ऋणको सावा फिर्ता भुक्तानीमा ८ अर्ब २२ करोड र ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । असार मसान्तसम्म बाह्य ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ रहेकोमा ८ महिनाको अवधिमा ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । यस अवधिमा वैदेशिक ऋण फिर्ता १२ अर्ब ५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।

यस्तो छ नेपालको सार्वजनिक ऋण

क्र.सं २०७७ असार मसान्तसम्म चालु आवको फागुन मसान्त सम्म थप चालु आवको फागुन मसान्त सम्म सावा र ब्याज फिर्ता चालु आवको फागुन मसान्त सम्म खुद

आन्तरिक ऋण (रुपैयाँ) ६ खर्ब १३ अर्ब ७४ करोड १ खर्ब १२ अर्ब ५१ करोड २३ अर्ब ३१ करोड ७ खर्ब २ अर्ब ९४ करोडबाह्य ऋण (रुपैयाँ) ८ खर्ब ६ अर्ब १४ करोड ७९ अर्ब ९० करोड १५ अर्ब ४० करोड ८ खर्ब ७० अर्ब ६४ करोडकुल (रुपैयाँ) १४ खर्ब १९ अर्ब ८८ करोड १ खर्ब ९२ अर्ब ४२ करोड ३८ अर्ब ७१ करोड १५ खर्ब ७३ अर्ब ५८ करोडएक वर्षमा ५

खर्ब २४ अर्ब ऋण लिने लक्ष्य

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब २४ अर्ब ५० करोड सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यो वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट कार्यान्वयन गरिहेको छ । यसमा संघीय बजेटका लागि राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ परिपूर्ति हुनेछ । न्यून हुने ५ खर्ब २४ अर्ब मध्ये ६० अर्ब ५२ करोड वैदेशिक अनुदान, २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट परिपूर्ति गर्ने लक्ष्य चालु आवको बजेटले लिएको छ ।स्रोत- अनलाइन खबर 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया