Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बिपन्न परिबारको साहारा बन्दै धुर्कोट नयाँगाउका महिला उद्यम समुह

   
193   पटक पढिएको

गुल्मी।
चैत्र २२ - धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं ०१ नयाँगाउमा गठित सुभ प्रभात महिला उद्यम समुह द्वारा अार्थिक अबस्था कमजाेर भएका प्यारालाइसेस बिरामी भिम ब परियार लाई नगदमा एक कार्यक्रमका विच धुर्कोट गाउपालिका कार्यपालिका सदस्य कविता बि क को प्रमुख आथित्यतमा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ l

भोकालाई एकछाक भोजन होइन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त समुहमा केहिदिन पहिला हेफर आधारशिला सम्पन्न भएपछी समुहका सदस्यहरूले सामुहिक प्रतिवद्धता गरेबमोजिम बास्तविक आबस्यकताको पहिचान गरि धुर्कोट गाउँपालिका वडा नं ०१ नयाँगाउ निवासी प्यारालाइसेस बिरामी भिम ब परियार लाइ परिवारकाे खर्च चलाउन निकै गाह्राे भएकाे र औसधि उपचार को लागि केही सहज होस भनी समुहका २६ जना सदस्य हरुले १ हजार ८ सय ४० नगद उपहार प्रदान गरिएको समुहकी उपाध्यक्ष लक्ष्मी परियारले बताउनु भयो l

उपहार ग्रहण गर्दै भिम ब परियार ले म जस्तो दुखी लाई समुहले केहिदिन छाक टार्नको लागी भएपनी नगद सहयोग गरेकोमा धन्यवाद दिनुभयो

सुभ प्रभात महिला उद्यम समुहकि अध्यक्ष अनिता परियार काे अध्यक्षता धुर्कोट गाउपालिका कार्यपालिका सदस्य कविता बि क को प्रमुख आतित्थता परियोजनाका सामुदायिक सहजकर्ता बिष्णु कुवरको विशेष आतित्थता रहेको थियो l
प्रमुख अतिथी धुर्कोट गाउपालिका कार्यपालिका सदस्य कबिता बि क ले यो परियोजनाको माध्यम बनाएर गाउपालिकाका महिलाहरु लाई सङठित गर्दै समय निकै छोटो तर रचनात्मक काम गर्दै गएको हुनाले आफुले सिकेका कुरा जीवन व्यबहारमा लागू गर्न बताउनु भयो भबिस्यमा पनि समाज रुपान्तरणको लागि हामी महिलाहरू नै उद्यमि बनी आयआर्जन गर्न अनुरोध गर्नु भयो l

समुहकी सदस्य गङ्गा परियारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहसचिब साबित्रा नेपालिको सुभकामना मन्तव्य रहेको थियो भने संचालन समुहकी सचिब रिता परियारले गर्नु भएको परियोजनाका सहजकर्ता बिष्णु कुवरले जानकारी दिनु भयो l

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया