Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दांगका एक किशोर ३ बर्ष देखि बेपत्ता: छोराको खोजिगरिदिन आमाद्वारा सामाजिक संजालमा हारगुहार

   
139   पटक पढिएको

अर्जुन थापा दिल्ली।
चैत्र २२ - दांग निवासी बाबु सोब बहादुर र आमा मिना परियारका एक मात्र छोरा रबिन परियार करिब ३ बर्ष देखि बेपत्ता भएका छन्।

घर परिवारले दिएको जानकारी अनुसार बेपत्ता हुने रबिन परियार सुस्त मनस्थितिका रहेको खबर प्राप्त भएको छ। रबिन परियार बेपत्ता हुनु अघि कपिलवस्तुको बुद्ध भाटिका पत्थरकोट बिरपुर मावली घर बस्दै आएका थिए।तर उनि ३ बर्ष अघि नेपाल भारतको सिमाना कृष्णनगर बढनी बाट एकाएक हराएको घरपरिवार को भनाई रहेको छ।

बेपत्ता हुने किशोर रबिन परियारलाइ आजको मिति सम्म धेरै जस्तो ठाउँमा खोजिकार्य गर्दा पनी हाल सम्म कहिँ कतै बाट पनि रबिन परियार नभेटिए पछी निजकी आमा मिना परियार लगायत भारतको राजधानी दिल्ली मा बसोबास गर्दै आउँनु भएका सामाजिक अभियान्ता राजु परियार ले अर्घाखाँचीबुलेटिन लाई खोजतलास गरिदिनुहुन् भनि हार्दिक अपिल गर्नु भएको छ।

बेपत्ता हुने रबिन परियारका घरपरिवारले खोजतलास गर्नको लागि जिल्ला प्रहरी कार्यलय कपिलवस्तु र जिल्ला प्रहरी कार्यलय गोरखपुर मा समेत रिपोर्ट गरेता पनि प्रहरी प्रशासनले रबिनको खोजि कार्यमा त्यति चाँसो नदेखाएको गुनासो रहेको छ।

रबिनकी आमाका अनुसार आफ्नो छोराको खोजिकार्य गरिदिनको लागी गोरखपुर पुलिस लाई १० हजार समेत दिएकी थिएँ तर आजसम्म छोरा के कस्तो अवस्थामा छ भन्ने कुनै खबर प्राप्त हुन् सकेको छैन भन्दै भावुक हुँदै अर्घाखाँचीबुलेटिनलाइ बताउनु भएको छ।

बेपत्ता हुने रबिन घरमा एक मात्र छोरा रहेंकाले उनकी आमा लगायत सम्पूर्ण आफन्तजनहरु अत्यन्तै चिन्तामा हुनुहुन्छ। घरको एक्लो छोरा पनि यसरी बेपत्ता हुँदा आफ्नो भोक,तिर्खा निद्रा सबै नरहेको निजकी आमा गहभरि आँशु ल्याउँदै भन्नुहुन्छ।

तेसैले सम्पूर्ण महानुभावहरुलाई रबिन परियारको खोजिकार्यको लागि एक जुट हुन् र निजलाइ कहीं कतै देख्नुभएमा तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा वा तल दिएको सम्पर्क (मोबाइल )नम्बरमा कल गरि खबर गरिदिनुहुन् अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं।

सम्पर्क नम्बर :-

मिना परियार +91 -9654327039(आमा )

राजु परियार +91 -8527687834

सपना परियार- 9869279446 (सानिमा )

रबिनकी हजुरआमा - 9849488123

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया