Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शितगंगामा खाेलाका ढुङ्गा गिट्टी तस्कर गर्नेलाई जनप्रतिनिधिको संरक्षण

   
268   पटक पढिएको

अर्घाखाँची।
चैत्र २३ - जिल्लाकाे शितगंगा नगरपालिका वडा न ११ काे सानाे सुकबेल र ठुलाे सुकबेल खाेलामा अबैध ढुङ्गा, गिट्टी चाेरि गर्ने तस्करहरुलाई नगरपालिकाले नै संरक्षण गर्ने गरेकाे छ ।

शनिबार शितगंगा नगरपालिकाकाे वडा न.११काे सुकवेल खाेलामा अबैध रुपमा ढुङ्गा चाेरि गर्ने लु४त २३९४ र लु ४त २७९२ न.काे ट्याक्टर युवा संघ शितगंगाका नेताहरु कमरेड देवेन्द्र रेस्मी , बाेम ब.बि क,गाेपाल खनाल,दिपक नेपाली र कपिल आचार्य सहितकाे टाेलिले नियन्त्रणमा लिएर लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्था समिति सदस्य माननीय रामजि प्रसाद घिमिरे र नेकपा एमाले शितगंगा नगर कमिटी अध्यक्ष बसन्त कुमार श्रेष्ठको उपस्थिति र प्रहरी चाैकि सातमाराका प्रमुखको राेहवरमा ११ न. वडाका अध्यक्ष काेपिला चन्द आले मार्फत शितगंगा नगरपालिकालाई बुझाएका २ ट्याक्टरहरु सामान्य जरिवाना गरि नियन्त्रणमा लिएकाे १घण्टा नबित्दै छाडेपछि ढुङ्गा गिट्टी चाेरि तस्करि गर्नेहरु जनप्रतिनिधिहरुकाे संरक्षणमा रहेकाे पुष्टि भएकाे छ ।

११न वडाकाे कार्यलय र वडा अध्यक्षकाे घर समेत रहेकाे खयरभट्टि गाउदेखि २/३०० मिटर मात्र टाढा रहेकाे कपिलवस्तुकाे सिमाना देखि ७/८००मिटर सम्म शितगंगाकाे क्षेत्रमा रहेका खाेलामा नदिजन्य पदार्थहरु रित्तिने गरि चाेरि तस्करि हुदा सुईकाे नपाउने र यवा संघ शितगंगाका युवाहरुले प्रदेश सांसद एंव वन तथा प्राकृतिक स्राेत व्यवस्था समिति लुम्बिनी प्रदेश सदस्य माननीय रामजि प्रसाद घिमिरेकाे राेहवरमा वडा अध्यक्ष मार्फत नगरपालिकालाई बुझाएका २वटा ट्याक्टरहरु नगरपालिका प्रमुख ,उप-प्रमुख र प्रमुख प्रसासकिय अधिकृत समेत कसैले अनुगमन नगरिकन तुरुन्तै छाडिदिनु ले वडा र नगरपालिकाकाे तस्करहरु संग मिलाेमताे रहेकाे अनुमान गर्न सकिने कुरा स्थानीय बासिन्दा कर्णबहादुर कुवरले बताउनु भयाे ।

उक्त खाेलाहरु कपिलवस्तु तर्फबाट प्रत्येक बर्ष लाखाै रुपैयामा ठेक्का हुने गरेपनि शितगंगाले समयमा ठेक्का प्रकृयाकाे काम सुरु नगर्ने र अनेक बाहाना गरेर नदि जन्य पदार्थको संकलन तथा बिक्रीकाे सुचना समेत ननिकालि कपिलवस्तु तर्फका ठेकेदारहरु संग मिलेमताे गरेर तस्कर गर्नेलाई सहयाेग गरेकाे नाम नबताउने सर्तमा एक स्थानीय बासिन्दाले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया