Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चाको चौंथो राष्ट्रिय सम्मेलन आज देखि बुटवलमा शुरु

   
81   पटक पढिएको

बुटवल।
चैत्र २३ - राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । बुटवलस्थित आम्रपाली कटेजमा हुने सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ ।

‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं ’ संघीयता खारेज गरौं, भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं !!’ भन्ने मूल नाराका साथ सुरु हुन गइरहेको सम्मेलनमा देशभरका ३५० जना भन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी छन् ।

कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका राजनीतिक दलका नेताहरुले शुभकामना दिनेछन् भने पार्टी निकट सबै भाइचारा संगठनका प्रतिनिधिहरुले पनि शुभकामना दिने कार्यक्रम छ ।

सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन लगायतका प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्नेछ । चैत २६ गते बुटवलमै घोषणा सभा गरिनेछ ।

कोरोना संक्रमणलाई ध्यानमा राखेर राजमोले सभाहलमै सम्मेलनको उद्घाटन गर्न लागेको हो । सम्मेलनस्थलमा उच्च स्वास्थ्य सतर्कता अपनाइएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया