Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रचण्डले रुकुम पुगेर भने, ‘अब नयाँ शिराबाट जनयुद्ध हुन्छ’

   
160   पटक पढिएको

काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अव अर्को शिराबाट जनयुद्ध थालनी हुने समेत बताउँनुभएको छ । उहाँले हिंसाबिहिन तर नयाँ क्रान्तिको सुरुवात रुकुमबाटै हुने समेत बताउनुभयो ।

३२ औं जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), रुकुम पश्चिमद्वारा रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रुपान्तरणका लागि जन प्रशक्षिण कार्यक्रममा बोल्नु हुदै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको उपलब्धि केहि फटाहारुले खतरामा पारेको आरोप लगाउनुभयो । ‘जनतालाई फेरि अन्याय, बिभेदको जाँतोमा पिस्ने षड्यन्त्र भयो, दाहालले भन्नुभयो, ‘काठमाडौमा लडेको लडाईले बल पुगेन, पड्यन्त्रलाई परास्त पार्ने ताकत जनयुद्धको आधारभुमिबाट खोज्न आए ।’प्रचण्डको ताकत छैन भन्नेहरुलाई रुकुमेली जनताका बिचबाट खबदारी गर्न चाहेको समेत उहाँले बताउँनुभयो । क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ र उर्जाले आफूले अब थोरै समय काठमाडौ र धेरै समय जनताको बिचमा दिन चाहेकोले आफु कुनै हालतमा प्रतिगमनकारी बिरुद्ध नझुक्ने उहाँले बताउनुभयो ।

प्रचण्डले रुकुम पुगेर विगतका केहि आफ्ना कदमहरुको आत्मआलोचना सहित नयाँ संकल्प गर्न जनता माझ आएको बताउँनुभयो । उहाँले विगतका बाचा प्रतिवद्धता कहिल्यै नभुल्ने बताउँदै आफुले राष्ट्र र जनता प्रति दायाबाँया नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाउनुभयो । ‘२०७० को चुनावमा आफु माथी बम हान्नेलाई गृहमन्त्री बनाएर, योगदान कमै भएकालाई स्थायी कमिटिमा लिएर अलिकति गल्ति गरेकि भन्ने लागेको छ,’ उहाँले भन्नुभयो ‘तर विगतको आन्दोलनमा ईमान्दारीताका साथ लागेका जनताको साथमै लाग्ने संकल्प गर्न रुकुम आएको हु ।’ उहाँले सहिद परिवार तथा जनयुद्धताका त्याग गर्नेहरु ओझेलमा परेकि भन्ने लागेको तर अब त्यस्तो नगर्ने बताउनुभएको छ ।

अध्यक्ष दाहालले जन प्रशिक्षण गर्न आएको आफुले रुकुमबाट उल्टो प्रशिक्षण पाएको बताउनुभयो । अब जनता माझ धेरै बोल्नु भन्दा काम गर्नुपर्ने कुरा आफुले देखेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका दाहालले जनता आफुलाई हैन, आफू जनतालाई हेर्न रुकुम आएको समेत बताउँनुभयो । रुकुम आएर शक्तिशाली उर्जा सहित काठमाडौ फर्कने गरी प्रशिक्षित भएको समेत उहाँले जनाउनुभयो ।

प्रदेश सरकारलाई अपदस्त गर्ने कोशिस भएको बताउँदै उहाँले कहि समय प्रतिपक्षमा बस्न तयार भएको र चाँडैनै जनताको जनताको साथले राष्ट्रिय रुपमा बिजयी हुने समेत उल्लेख गर्नुभयो ।रासस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया