Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रेसुंगा वनमा लागेको आगो अझै पनि नियन्त्रण बाहिर

   
122   पटक पढिएको

 गोकर्ण पाण्डे, तम्घास

चैत २५ , अर्घाखाँची बुलेटिन - गुल्मिको तम्घास नजिकै रहेकाे रेसुंगा वनमा आज बिहान देखि लागेको आगो अझै सम्म पनि नियन्त्रणमा आउन सकेको छैन् ।

धार्मिक एवम् पर्यटकीय स्थल समेत रहेको रेसुंगामा अवस्थित वनमा भीषण आगलागी भइरहेको छ। आगो निभाउन प्रयास भैरहेको छ । तर ठाउँ भिरालो भएका कारण नियन्त्रण मा आउन सकेको छैन्।आगो झन बढ्दै गएको छ।

यहाँ लागेको आगो नियन्त्रणमा नआउँदा स्थानीय त्रसित भएका छन्। रेसुंगा वनसंग विभिन्न वडाहरू जाेडिएका छन् । केही वडाका नजिक मानव बस्ती समेत रहेका छन् । यसले मानव बस्तिहरुमा आगलागीकाे जाेखिम बढ्दै गएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया