Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँची शितगंगा नगरकमिटिको भेला तथा प्रशिक्षण

   
123   पटक पढिएको

कमला भण्डारी ,सितगंगा।
चैत्र २५ - अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँची जिल्ला अन्तरगत् शितगंगा नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम बरिष्ट महिला नेता पबित्रा थापाको अध्यक्षता पार्टी जिल्ला सचिवालय सदस्य तथा पालिका अध्यक्ष बिवेक गैरेको प्रमुख आतिथ्यता, पार्टी जिल्ला सचिवालय सदस्य ,अ ने म संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमला भण्डारी भुसालको बिशिष्ट आतिथ्यता,पार्टी जिल्ला सचिवालयसदस्य तथा पालिका उपाध्यक्ष मणि थापा,अ ने म संघ (क्रान्तिकारी) जिल्ला सचिव सीता बि•क•,जिल्ला कोषाध्यक्ष कमला रेस्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

उक्त भेला तथा प्रशिक्षणले पबित्रा थापाको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरी,जनयुद्ध र जनआन्दोलनले स्थापितगरेका उपलब्धीहरुको रक्षा र बिकासका लागी जति सुकै अप्ठ्यारो परिस्थिती आईपरेपनि सामना गर्दै अगाडी बढनको निमित्य वार्ड/वार्डमा कमिटी बिस्तार भेला तथा प्रशिक्षण ,लैङ्गिक हिंसा विरुध्द अभियान संचालन ,चैत्र २८ गते हुने जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न गर्ने,लगायत बिभिन्न निर्णयहरु गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया