Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सञ्चारकर्मी रेखा विश्वकर्माको पहिलो गीत "माया केहो "सार्वजनिक(भिडियो सहित)

   
492   पटक पढिएको

काठमाडौं,मेलिना सिंह ठकुरी।अर्घाखाँची जिल्लाको डिभर्नामा जन्म भएकी अर्घाखाँचीका विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मी रेखा विश्वकर्माले गाएको ‘माया के हो’ बोलको गीत मेशना म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। जसमा पुरुष आवाज लोकदोहोरी गायक मोहन खड्काको रहेको छ।

दिलिप कुमार धामीको र ऐमन विश्वकर्माको संगीत रहेको उक्त गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् ।माया प्रेमका विषयमा आधारीत गीतको भिडियोमा एक प्रेमिल नमुना जोडीको रुपमा मोडल सुरज रेग्मी र गीता कुवँरले अभिनय गरेका छन् ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई निशान एसकेले निर्देशन गरेका छन् भने दिपक गिरीको छायांकन तथा अमृत चापागाइँको सम्पादन रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया