Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल कम्युनिस्ट पार्टी ( बिप्लब) निकट युवा संगठन नेपाल अर्घाखाँची को चौथो जिल्ला भेला सम्पन्न

   
208   पटक पढिएको

गुरुदेव खनाल, सन्धिखर्क
बैशाख १०, अर्घाखाँची बुलेटिन - नेपाल कम्युनिस्ट पार्टी ( बिप्लब) निकट युवा संगठन नेपाल अर्घाखाँची को चौथो जिल्ला भेला आज सम्पन्न भएको छ ।

पोष बहादुर रास्कोटी को अध्यक्षता मा बसेको भेला ले रास्कोटी कै अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको निर्माण गरेको छ ।
कार्यक्रम को प्रमुख अतिथी संगठन का लुम्बिनी ब्युरो संयोजक विश्लेषण , अतिथी नेकपा ( बिप्लब) अर्घाखाँची जिल्ला इन्चार्ज माहुरी , अखिल क्रान्तिकारी का जिल्ला इन्चार्ज नवीन खड्का , अध्यक्ष बाबुराम नेपाली रहनु भएको थियो ।

कार्यक्रम का प्रमुख अतिथि संगठनका लुम्बिनी ब्युरो संयोजक विश्लेषणले संसदीय व्यबस्थाले देशलाई निकास दिन नसक्ने हुनाले युवाहरुले अब देश निर्माण, समाजको परिबर्तनको परिकल्पनाको बारेमा सोच्नुपर्ने बताउदै सही विचार क्रान्तिकारी सोच भएको खण्डमा परिबर्तन सम्भब भएकोले सम्पूर्ण देशभक्त, प्रगतिशिल युवाहरू एकजुट भएर दलालहरूको विरुद्धमा संघर्ष गर्नुपर्ने बताउदै उनले वर्गभिाजित समाजको अत्य गरी समानतामुलक समाज निर्माणको लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोेड दिए ।

कार्यक्रम गिरिजा खड्का को संचालन र अनिल नेपालिको स्वागत मन्तव्य मा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया