Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक तथा सर्जक पुरुषोत्तम गैरे को " पिंजडाको चरी " बोलको गित सार्वजनिक ( भिडियो सहित )

   
266   पटक पढिएको

कमला घिमिरे, पाणिनी
बैशाख १२, अर्घाखाँची बुलेटिन- पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ लोक दोहोरी गित बजारमा आइरहेका छ्न। त्यसै क्रममा गायक तथा सर्जक पुरुषोत्तम गैरेको नयाँ गित "पिंजडाको चरी" बोलको गित सार्वजनिक भएको छ।

पुरुषोत्तम गैरे र सुनिता बुढा को आवाज मा रहेकोे गित शब्द संकलक बिमल पौडेलको रहेको गीत संगीत स्वयम् गैरेले गरेका छन् । गीतको एरेन्ज कृष्ण बिकले गरेका छन् । रेकडिष्टको रुपमा राजु सुनाम र बिमल छिनालले सहयोग गरेका छन् ।

गीतमा हेमन्त रसाइली सारंगी, बासुरीमा रत्न फुलुट, मादलमा खड्क बुडा मगर, ढोलकमा भुवन गन्धर्व र गितारमा संजीव लिम्बुको साथ रहेको छ ।
। म्युजिक भिडियोमा निर्देशन क्रान्ति केसीको रहेको छ । गीतमा अजय रेग्मीले क्यामेरामेनको भुमिका निर्वाह गरेका छन् । गीतको भिडियोमा गायक गैरेसँगै चर्चित मोडल अन्जली अधिकारी सहित संगम भण्डारी लगायतको अभिनय रहेको छ ।

भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया