Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सरकारद्वारा जसपाको माग पूरा, १५ वटा मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिने निर्णय

   
87   पटक पढिएको

काठमाडौं, १५ बैशाख । सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।

यसअघि जनता समाजवादी पार्टीले सरकारसमक्ष यी माग पूरा गर्न दबाब दिँदै आएको थियो । हालै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले यो विषयमा निरन्तर छलफल गरेका थिए । एमाले र जसपाका नेता सम्मिलित कार्यदल नै बनेको थियो । उक्त कार्यदलले पनि जसपाका माग सम्बोधन गराउने विषयमा आवश्यक छलफल गरेको थियो ।स्रोत - रिपोर्टस नेपाल 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया