Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कलङ्कीमा मोटरसाइकल दु'र्घ'ट'ना' हुँदा चालकको ज्या'न गयाे

   
133   पटक पढिएको

काठमाण्डौ - काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

हिजो बेलुका सवा ८ बजे कलङ्कीको सीता पेट्रोल पम्प नजिक  बा ६१ प १५३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा कीर्तिपुर नगरपालिका वडा नम्बर १० बाघभैरवका ५० वर्षका राजमान महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक महर्जनको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारका क्रममा ज्यान गएको हाे ।

साभार - उज्यालो अनलाइन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया