Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दिल्लीमा अक्सिजन र बेड नपाएपछि नेपाल फर्किएका दुई नेपालीको बाटोमै मृ’त्यु

   
1492   पटक पढिएको

काठमाडौं । भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौ’तारिँदा अक्सिजन र बेड न’पाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृ’त्यु भएको छ ।

को’भिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै नि’धन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।हरि रौला दिल्लीको पहाडगन्जमा रामराजा होटलका सन्चालक हुन् ।

त्यस्तै मोनज भट्ट प्रवासी नेपालीहरुबीच सामाजिक अभियन्ताका रुपमा प’रिचित थिए ।उनीहरु दुवैजनाको को’भिडको उपचार नपाएका कारण उत्तर प्रदेशको मु’रादाबादमा नि’धन भएको खड्काले बताएका छन् ।उनका अनुसार भारतमा स्वास्थ्य प्रणाली अत्यन्तै ख’राब छ र प्रवासी नेपालीहरुको अवस्था वे’हाल छ ।

दिल्ली लगायत कतै पनि अस्पतालमा अक्सिजन र बे’ड पाइने सम्भावना छैन ।प्रवासी नेपालीहरु जीवन जो’गाउन र म’र्नु परे पनि आफ्नै जन्मभूमिमा म’र्ने भन्दै नेपाल फर्किन थालेका छन् ।स्रोत - सिधाकुरा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया