Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बट्लरको शतकमा राजस्थानको जित

   
88   पटक पढिएको

एजेन्सी । राजस्थान रोयल्सले ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा तेस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

दिल्लीमा राजस्थानले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि मनिस पाण्डेले सर्वाधिक ३१ रन जोडे । यस्तै जोनी बेयर्स्टोले ३० रन जोड्दा कप्तान केन विलियम्सनले २० रन बनाए ।

केदार जादवले १९ रन जोड्दा मोहमद नाभीले १७ र भुवनेश्वर कुमारले अविजित १४ रन बनाए ।

राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले १ सय २४ रनको शतकीय इनिङ्स खेले । आईपीएलमा पहिलो शतक बनाउने क्रममा उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे ।

त्यसअघि बट्लरले ५६ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

यस्तै कप्तान सन्जु सामसनले ४८ रनको योगदान दिए । यास्भी जैशवाल १६ रनमा आउट हुँदा रियान परागले अविजित १५ रन बनाए ।

हैदरावादका सन्दीप शर्मा, राशिद खान र विजय शंकरले १/१ विकेट लिए ।

जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ ।

राजस्थान तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

हैदरावादको यो छैटौं हार हो ।

हैदरावादले ७ खेलमा मात्र २ अंक जोडेको छ ।

हैदरावाद पुछारमा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया