Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पन्जाबद्वारा दिल्लीलाई १ सय ६७ रनको लक्ष्य

   
70   पटक पढिएको

एजेन्सी । ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा पन्जाब किङ्सले जितका लागि दिल्ली क्यापिटल्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।

अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो ।

पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डाविड मालनले २६ रन जोड्दा क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।

आज दिल्ली छैटौं जित निकाल्ने योजनामा रहेको छ।

दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

दिल्ली दोस्रो स्थानमा रहेको छ ।

पन्जाब चौंथो जितको खोजीमा रहेको छ ।

पाँचौ स्थानको पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया