Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्चारकर्मी हुकुम थापाको पहिलो लोक गीत "ज्यान जाला" सार्वजनिक ( भिडियो सहित )

   
100   पटक पढिएको

 गोकर्ण पाण्डे,गुल्मी । पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ लोक दोहोरी गित बजारमा आइरहेका छन्।त्यसै क्रममा गायक तथा सन्चारकर्मी हुकुम थापाको पहिलो लोक गीत(ज्यान जाल)शनिबार सार्वजनिक भएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालीका वार्ड नं. ६ चिदिपानी गुल्मीमा जन्म भई हाल गुल्मीमा सञ्चालित रेडियो,टिभीमा ४ बर्ष देखि विभिन्न कार्यक्रम संचालन गर्दै आउनु भएकाे छ।

लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, हिमा थापा, हुकुम थापा र मधु घिमिरेको सुमधुर आवाजमा गित सुन्न सकिन्छ भने उक्त गीतमा लय तथा शब्द नेत्र अर्यालको रहेको छ भने एरेन्ज महेन्द्र भण्डारीको रहेको थियो।

गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गर्नुभएको छ भने अर्जुन कुवँर,आयुष्मा कार्की, लोमस शर्मा लगायतको अभिनय रहेको देख्न पाइन्छ। अक्त गित नयाँपाइला युटुव मार्फत सार्वजनिक भएको छ।

भिडियो हेर्नुहोस :

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया