Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना भाइरस संक्रमितको उपचारका लागि सन्धिखर्कमा थपियो ५० शैयाको आइसोलेसन सेण्टर

   
249   पटक पढिएको

अशोक खनाल,सन्धिखर्क।
बैशाख २० - कोरोना भाइरसको संक्रमण बढेसंगै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. १ मा कोरोना भाइरस संक्रमितको उपचारका लागि आइसोलेसन सेण्टर थप गरिएको छ । जिल्लाको युवा वर्ष रविचित्र विद्यालयलाई आइसोलेसन सेण्टरमा रुपान्तरण गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिको आइतबारको बैठकले ५० शैयाको आइसोलेसन सेण्टर थप गर्ने निर्णय गरेको थियो । उक्त केन्द्रमा सोमबार साँझबाटै विरामीहरुले उपचार पाउने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।

उक्त केन्द्रको व्यस्थापनका लागि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको संयोजकत्वमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख, जिल्लास्थित सम्पुर्ण स्थानीय तहका प्रमुखहरु, शुरक्षा निकायका प्रमुख , अर्घाखाँची अस्पतालका मेसु, रेड्क्रसका जिल्ला सभापति, पत्रकार महासंघका जिल्ला अध्यक्ष, सन्धिखर्क वडा न.१ का वडा अध्यक्ष सदस्य,प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहने गरि समिति समेत निर्माण गरिएको छ ।

उक्त समितिले सोमबार बिहानबाट आफ्नो कार्य संचालन गरिसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया