Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आज देशभर ७ हाजर ४४८ जनामा कोरोना संक्रमण पुष्टि

   
99   पटक पढिएको

काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

१६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। हाल २१२ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया