Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रोटरी सामाजिक पत्रकारिता पुरस्कार पौडेललाई

   
108   पटक पढिएको

बुटवल । पत्रकार सञ्जु पौडेललाई ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार- २०२०’ बाट पुरस्कृत गरिने भएको छ । रोटरी क्लब अफ रुपन्देहीका वर्तमान अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गिय हजुरबुवा–हजुरआमाको स्मृतिमा सन् २०२० बाट स्थापना गरेको पुरस्कारबाट पत्रकार पौडेललाई पुरस्कृत गरिने क्लबका अध्यक्ष भुसालले बताए ।

रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले स्थापित यस पुरस्कार पत्रकारिताबाट समाज परिवर्तन र विकासमा पुर्याएको योग्दानको उच्च मूल्यांकन गर्दै नगद रु ५ हजार ५ सय ५५ ,सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत तथा सम्मान गरिने पुरस्कार छनोट समिती संयोजक बिष्णु पौडेलले जानकारी दिए ।

हरेक वर्ष ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा प्रदान गरिने यस पुरस्कार यस वर्ष भने कोरोना संक्रमणका कारण सिर्जित निषेद्याज्ञा र असहज परिस्थितिका कारण अर्को सूचनापछि प्रदान गरिने क्लब अध्यक्ष भुसालले जानकारी दिए ।

लामो समयदेखि रुपन्देहीबाट पत्रकारित गर्दै आएकी पौडेल कान्तिपुर दैनिक रुपन्देही सम्बाददाता हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया