Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलाई कोरोना पोजेटिभ

   
213   पटक पढिएको

कमला घिमिरे,पाणिनी।
बैशाख २५- पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलाई कोरोना पोजेटिभ देखिएको छ । जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको पीसीआर परीक्षणमा सोमबार कोरोना पोजेटिभ देखिएको हो । गौतममा कुनैपनि प्रकारको लक्षण देखिएको छैन् ।

'मलाई कोरोना पोजेटिभ देखिएको छ । तर, लक्षण भने कुनैपनि देखिएको छैन् । अवस्था सामान्य नै छ ।' उनले भने, 'कोरोनासँगको लडाईमा छु । छिट्टै कोरोनालाई जितेर नियमित कार्यसम्पादनमा लाग्नेछु ।'

गौतमले आफुसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई होम आईशोलेसनमा बस्न आग्रह पनि गरेका छन् ।

पाणिनि गाँउपालिकामा स्वास्थ्य बाहेकका सबै सेवाहरु ३१ वैशाखसम्म बन्द

यसैबीच पाणिनि गाँउपालिकाले आफ्नो कार्ययालयबाट प्रवाह हुने स्वास्थ्य बाहेकका सबै सेवाहरु वैशाख ३१ सम्मका लागि बन्द गरेको छ । सोमबार जारि सूचनामा यस पालिका अन्तरगतका सबै वडा कार्यालयबाट समेत स्वास्थ्यसेवा बाहेकका कुनै कार्य सम्पादन नहुने उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया