काठमाडौं,मंसिर २४ – कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनसँग सिटौला पराजित भएका हुन् । मत परिणामअनुसार लिङ्देनले ४४ हजार ६१४ मत ल्याएर कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेका हुन् । सिटौलाले ३१ हजार १७१ मत ल्याएका छन् ।
सिटौला सोही ठाउँबाट ०५६ र ०७० मा विजयी सांसद हुन् । त्यस्तै लिङ्देन यसअअघि सधैं पराजित थिए । ०७० मा उपविजेता बनेका लिङ्देन यसपटक एमाले–माओवादी केन्द्रसमेतको साथमा निर्वाचित हुन सफल भएका हुन् ।
तपाईको प्रतिक्रिया