स्याङजा– बाम गठबन्धन र नेपाली कांग्रेसले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाएपछि स्याङ्जामा मतगणना हुन सकेको छैन । बाम गठबन्धनले सेखाम र साखरमा कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको छ भने कांग्रेसले चण्डी भन्ज्याङमा एकलौटी रुपमा आफ्नो पक्षमा एमालेले मत हालेको आरोप लगाएको छ ।
एक आपसमा कब्जाको आरोप लागेपछि जिल्ला निर्वाचन कार्यालयको समन्वयमा दुई पक्षका विचमा छलफल जारी रहेको बताइएको छ । मतगणननका लागि हालसम्म सहमति जुट्न सकेको छैन ।
तपाईको प्रतिक्रिया