दक्षिणी अफ्रिकी देश ब्राजिल र नेपालको संसदबीच सम्बन्ध स्थापना भएको छ। दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले ब्राजिलको संसद्ले ६ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ।
ब्राजिलको ब्रासिलियास्थित नेपाली दूतावासका अनुसार अन्तरसंसदीय सहयोग प्रवर्द्धनका साथै दुई मुलुकका संसदीय भ्रमण आदानप्रदान, सांस्कृतिक प्रवर्द्धन कार्यशाला आयोजना र सामाजिक एवं भाषिक सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ समूह गठन हो।
नेपाल–ब्राजिल कूटनीतिक सम्बन्धको इतिहासमा पहिलो पटक स्थापित ६ सदस्यीय संसदीय समूहको अध्यक्षमा सांसद वलिटन प्राडो छन् भने प्रथम उपाध्यक्षमा सांसद श्रीमती जो मोरेस, द्वितीय उपाध्यक्षमा सांसद श्रीमती गोर्टे पेरेरा, प्रथम सचिवमा सांसद श्रीमती सरोया सान्तोस, द्वितीय सचिवमा सांसद हिल्डो रोचा र कोषाध्यक्षमा फिलिप बोर्नेर छन्।
तपाईको प्रतिक्रिया