Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको २० वटा शाखा खोल्ने लक्ष्य

   
1324   पटक पढिएको

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले औपचारिक रुपमा कारोबारको सुरुवात गरेको छ। यो वर्ष नै विभिन्न स्थानमा २० वटा शाखा खोल्ने कम्पनीको लक्ष्य रहेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृति केशवराज केसीले जानकारी दिए।

गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कम्पनीको उद्घाटन गरेका हन्।  समितिबाट जीवन बिमा व्यवसायको सैद्धान्तिक सहमति पाएकामध्ये कारोबार सञ्चालन गर्नेमा सानिमा आठौं कम्पनी हो।

कम्पनीमा सानिमा बैंकको सबैभन्दा धेरै १४ प्रतिशन लगानी रहेको छ भने एनआरएन समूहले पनि लगानी गरेको छ। कम्पनीले हाल सानिमा सरल, सानिमा धनपति र सानिमा दीर्घायु बिमा योजना सञ्चालनमा ल्याएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया