काठमाडौं।अहिले भर्खरै काठमाडौंको टोखामा गोली चलेको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्।
गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ। गोली जंगलबाट चलेको बताइएको छ ।
घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ।
प्रहरीका अनुसार घटनाको थप विवरण आउँन बाँकी रहेको छ।
तपाईको प्रतिक्रिया