कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोक गहतवारीमा आज (सुक्रबार) साँझ बस दुर्घटना हुदा एक जनाको मुत्य भएको छ, भने १० जना घाईते भएका छन।
पोखराबाट भाचोक जार्दै गरेको ना ३ छ ७४३६ नम्बरको यात्रु वाहक वस भाचोक नजिकै पुगेपछि सडकको छेउको भाग भासिएर मार्दी गाँउ पालिका वडा नम्बर ९ की जनप्रतिनिधि (वडा सदस्य) पदम कुमारी नेपालीको मृत्यु भएको स्थानिय प्रदिप सुवेदीले बताए । उनका अनुसार मृतक नेपाली नेपाली काग्रेंसबाट हालै वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन।
बस दुर्घटनामा परी घाईते हुनेहरुमा वस चालक अमृत भुजेल, स्थानिय तारा नेपाली र उनको ६ महिनाको वालक, अन्य घाईतेहरुमा बिष्णु गुरुङ, गंगा गुरुङ, ज्योति गुरुङ, पुनम नेपाली, सरोज नेपाली, बिष्णु गुरुङ, समिर नेपाली रहेकाछन । उनीहरुको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको स्थानिय प्रदिप सेवेदीले बताए। बस दुर्घटना हुन साथ स्थानियहरु करिब ५ मिनेटमै घटना स्थलमा पुगेर उद्धारमा जुटेका थिए । घटना स्थल पोखरा बजार देखि करिब ३ घण्टाको कच्ची सडक टाडा रहेकोले गर्दा घाईतहरुको समयमै उपचार हुन सकेन । यद्यपि प्रहरीको भने करिब दुई घण्टामा पुगेर केहि बिरामी प्रहरीकै भेनमा राखेर पोखरा ल्याएको थियो भने करिब तीन घण्टा पछि मात्र एम्बुलेन्स घटना स्थलमा पुगेको थियो । घाईतेहरुको हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईने भएको छ । बस दुर्घटना करिब पौने ६ बजे तिर भएको होे । उक्त वसमा सवार वस धनि अर्जुन बराल र सह–चालक सामान्य घाईते भएको बताइन्छ ।
उक्त बस पृथ्बीराजमार्ग बस संचालक समितिबाट संचालित हो । समितिका महासचिव योगेन्द्र केसीले उक्त बस दुर्घटना भएको प्रति दुखः व्यक्त गर्दै उक्त बस दुर्घटना हुदै सवै दोषि भएको बताए । उनले भने राज्यले सडक मार्ग बनाएर छाड्छ अनि जनताले गाडी गुडाउ, व्यवसायीलाई दबाद दिन्छन सडकको अबस्था र त्यसको अनुगमन नहुदा यस्ता दुर्घटना भयको उनले बताएका छन् !
तपाईको प्रतिक्रिया